जापानमा सुनामीको चेतावनी निम्त्याउने गरी गएको शक्तिशाली भूकम्पमा परेर ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको अधिकारीहरूले बताएका छन्।

इशिकावा तटीय क्षेत्रका अधिकारीहरूका अनुसार हालसम्म कम्तीमा ३० जनाको ज्यान गएको पुष्टि भएको छ।

ज्यान गुमाएकाहरू सबै जापानको उत्तर पश्चिममा पर्ने इशिकावा तटीय क्षेत्रका हुन्। उक्त स्थान सोमवार गएको ७.६ म्याग्निट्यूडको भूकम्पको केन्द्रबिन्दु रहेको थियो।

जापानका प्रधानमन्त्री फुमियो किसिदाले उक्त भूकम्पले व्यापक क्षति गराएको र कैयौँ हताहत बनाएको बताएका छन्।भूकम्प प्रभावित क्षेत्रमा खोजी र उद्धारकार्य जारी रहेको जापानका प्रधानमन्त्रीले जनाएका छन्।

उक्त कार्यका लागि जापानको सुरक्षा फौज अर्थात् देशको सेना सरहको एसडीएफका करिब १ हजार सदस्य खटिएका छन्।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय