टोकियो
सापोरो सहरको न्‍यू चिटोज विमानस्थलबाट हानेदा विमानस्थलमा पुगेको फ्लाइट ५१६ नम्बरको जापान एयर्लाइन्सको विमान ल्याण्ड गर्दा धावन मार्ग नजिक ठोक्कीएर आगलागी भएको छ ।
बिमान कोस्ट गार्डको अर्को बिमानसँग ठोकिएको अनुमान गरिएको छ। जापान एयर्लाइन्सको बिमानमा सवार सबै ३७९ यात्रुको उद्धार गरिएको छ भने कोस्ट गार्ड बिमानमा सवार ६ जना मध्ये ५ जनाको मृत्‍यु भएको छ भने १ जना भाग्न सफल भएका छन् ।

कोस्ट गार्डको बिमान भने हिजो गएको भुकम्प प्रभाबित क्षेत्र निगातामा राहत सामाग्री बोकेर उड्न लागेको बताईएको छ। यो समाचार तयार पार्दा सम्म जापान एयर्लाइन्समा लागेको आगो नियन्त्रणमा आउन सकेको थिएन । अहिले जापानको भूमि, पूर्वाधार, यातायात तथा पर्यटन मन्त्रालयले आगलागी कसरी भएको हो भन्नेबारे छानबिन गरिरहेको बताएको छ भने अहिले सम्म हानेदा विमानस्थलका सबै उडानहरू स्थगित छन्।
जापानको हानेदा विमानस्थलमा आज  साँझ ५ः५० बजे जापान एयरलाइंसको विमानमा आगलागि  भएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय