बलेवा सेवा समाज जापानको सातौँ अधिवेशनबाट अध्यक्षमा महेन्द्र ढकालको नेतृत्वमा सर्वसम्मत नयाँ कार्य समिति चयन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा सुरेन्द्र पौडेल प्रेम, उपाध्यक्षमा बलराम भट्ट, महिला उपाध्यक्षमा कमला लामिछाने, महासचिवमा अर्जुन लामिछाने, सचिवमा रोशन चापागाईँ, कोषाध्यक्षमा एलपी शर्मा, सह-कोषाध्यक्षमा दीपकराज पौडेल र सांस्कृतिक संयोजकमा गोविन्द पौडेल चयन हुनु भएको छ ।
अधिवेशनले याम प्रसाद पौडेल ,सुमन पाठक , किस्मत पाठक, विषम केसी , इन्द्र प्रसाद रिजाल , हरि प्रसाद पाठक , मिलन पौडेल, किस्मत पाठक, शोभा ढकाललाई सदस्यमा चयन गरेको छ ।
समाजको सल्लाहकारमा विकास केसी ,शेषकान्त रिजाल, दीप पाठक ,सिता चापागाईँ, नेहा पाठक , राज पाठक , नवराज चापागाईँ, गोविन्द सिंह साथै संरक्षकमा महेन्द्र पिसी, सेवक पिसी, राजु केसी, राज पौडेल, सूर्य लामिछाने र बिमल रिजाल रहनुभएको छ ।अधिवेशनमा महासचिव अर्जुन लामिछानेले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष महेन्द्र ढकालले आर्थिक प्रतिवेदन पेस गर्नुभएको थियो ।

कार्यक्रममा संरक्षक महेन्द्र पिसी, सेवक पिसी, राजु केसी अन्तर्राष्ट्रिय साहित्य समाजका केन्द्रीय सदस्य दीप पाठकले मन्तव्य व्यक्त गर्नु भएको थियो ।कार्यक्रमको अध्यक्षता बिमल रिजाल तथा महासचिव अर्जुन लामिछानेले कार्यक्रम सञ्चालन र एलपी शर्माले स्वागत मन्तव्य गर्नु भएको थियो ।

कार्यक्रममा वरिष्ठ अतिथिको रूपमा आमन्त्रण गरिएका नेकपा एमालेका केन्द्रीय सदस्य साथै बलेवा सेवा समाज जापानका संस्थापक सल्लाहकार डा. सूर्य पाठकले देशको समसामयिक राजनीतिक अवस्था बारेमा र संस्थाको प्रशंसा देखि विभिन्न देशमा रहेका बलेवा समाजसँग हातेमालोको सुझाव बारेमा मन्तव्य दिनु भएको थियो । प्रमुख अतिथिको रूपमा रहनु भएका संस्थाका युवा सफल व्यवसायी सूर्य लामिछानेले संस्थाको उन्नति प्रगतिको कामना सहितको मन्तव्य दिनु भएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय