जापानमा भूकम्पका कारण हालसम्म ६२ जनाको मृत्यु भएकाे छ । भूकम्पपछि सडक भत्केका कारण राहत तथा उद्धारका लागि उद्धारकर्मीहरूलाई प्रभावित क्षेत्रमा पुग्न कठिनाइ भइरहेको छ ।

जापानका प्रधानमन्त्री फुमियो किशिदाले उद्धारकर्मीहरू प्रभावित क्षेत्रमा पुगिरहेकाे जानकारी दिएका छन् । मुख्य क्षेत्रबाट सडक भत्किएका कारण वाजिमा शहर पुग्न कठिन छ ।

इशिवाकाको सुजु शहरका झण्डै ९० प्रतिशत घर ध्वस्त भएका छन् । जापानी सेनाले नागरिकलाई खाना, कम्बल र पानी पुर्‍याउने प्रयास गरिरहेको छ । हालसम्म करिब ५७ हजार मानिसको उद्धार भइसकेको सरकारले जनाएको छ ।

हेलिकाेप्टरबाट गरिएको सर्वेक्षणमा धेरै ठाउँमा भवन भत्किएका र आगो लागेको देख्न सकिन्छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय