नारिता नेपालको दोस्रो अधिवेशनबाट २०२४-२०२५ कार्यकालको लागि अध्यक्षमा विजय गुरुङ सर्वसम्मत चयन भएको छ ।
नयाँ कार्यसमितिको ब.उपाध्यक्ष -सुवास तामाङ,उपाध्यक्ष – छिरिङ शेर्पा,अनिता गुरुङ महासचिव- वीरेन्द्र रावल, सचिव-जितेन्द्र आले मगर,कोषाध्यक्ष-बाबु खत्री र युवा संयोजक -सबिन घिमिरे चयन भएको छ।

कार्यक्रमको सभापतित्व नारिता नेपाल का निवर्तमान अध्यक्ष हर्ष चन्द्र गुरुङले गर्नुभएको थियो।कार्यक्रममा कास्की पोखरा समाजका निवर्तमान अध्यक्ष बिश्व सुबेदी ,एनआरएनए चिवाका संयोजक समिरजंग खड़का ,सचिव मोहन कार्की युवा संयोजक खगेन्द्र भट्ट नेफ़िन चिवाका संयोजक अमृत लामा लगायत अतिथिहरूको उपस्थित रहेको थियो।
कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष विजय गुरुङले नारिता नेपाललाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ ,सहयोग र माया गर्ने सम्पूर्ण नेपाली समुदायलाई धन्यवाद व्यक्त गर्दै संस्थाले आगामी दिनहरुमा अझै सशक्त रूपमा एउटा जाति ,वर्ग ,धर्म र क्षेत्र भन्दा धेरै माथि उठेर जापानमा बसोबास गर्ने नेपाली समुदायको दुःख सुखको सारथि बनी सबैसँग सुमधुर सम्बन्ध स्थापित गर्ने र सहकार्यको माध्यमबाट अगाडी बढ्ने प्रतिबद्धता जनाउनु भयो।
नारिता नेपाल आफ्नो स्थापना कालदेखि नै विभिन्न सामाजिक , सांस्कृतिक तथा जनचेतनामूलक कार्यक्रमहरु निरन्तर गर्दै आइरहेको छ।
अरु बिभिन्न बिभाग र पदहरुमा चयन भएका ब्यक्तिहरुको नामावाली तल हेनुहोस –






