मञ्जुश्री संवत् २८६० औँ ढुक ल्हो मुला पुख्री वर्ग सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ समाज जापान किताकान्तो क्षेत्रीय समितिले फेव्रुवरी १० तारिख का दिन शुभकामना आदान आदान प्रदान कार्यक्रम आयोजना गर्ने भएको छ ।
नेपालका विभिन्न ठाउँबाट आएर जापानको किताकान्तो क्षेत्रलाई आफ्नो कर्मथलो बनाएका तामाङ समुदायको प्रतिनिधि संस्था नेपाल तामाङ समाज जापान किताकान्तो क्षेत्रीय समितिले हरेक वर्षहरूमा झैँ यसपालि पनि आफ्नो मौलिक परम्परा र संस्कृतिको जगेर्ना गर्ने र एक आपसमा भेटघाट गरी रमाइलो गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ ।
१० तारिखका दिन गुन्मा स्थित इन्डियन नेपाली रेस्टुरेन्ट काठमान्डौ किचनमा बेलुकी ५ बजेदेखि हुने कार्यक्रममा उपस्थितिको लागि आयोजकले जापानवासी सबै नेपालीहरूलाई अनुरोध समेत गरेको छ । समाजले आफ्नो स्थापना कालदेखि हरेक वर्ष ल्होछार कार्यक्रम मनाउँदै आइरहेको छ ।





