सेवारो निप्पोन ग्रुप जापानको छैटौँ वार्षिक साधारण सभा क्योतो विश्वविद्यालय जापानका भिजिटिङ एसोसिएट प्रोफेसर डा.डम्बर चेम्जोङको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

टोकियो मिनामी ओचुका स्थित लाखे ओचुका नेपाली रेस्टुरेन्टमा मिति २०२३,डिसेम्बर ३१ तारिख सम्पन्न भएको साधारण सभाको अध्यक्षता संस्थाका अध्यक्ष भेषराज चेम्जोङ ले गर्नुभएको थियो।

संस्थाका कम्पनी सचिव देवेन्द्र लाओतीले सञ्चालन गरेको साधारण सभामा गणपूरक सङ्ख्याको शेयर सदस्यहरूको उपस्थिति रहेको थियो भने स्वागत मन्तव्य संस्थाको सञ्चालक समिति निर्देशक नैनाहाङ पालुङ्वाले गर्नु भएको थियो ।

आर्थिक वर्ष २०२२/२०२३ को संस्थागत वार्षिक प्रतिवेदन संस्थाका सचिव देवेन्द्र लाओतीले प्रस्तुत गर्नु भएको थियो । साथै आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष लाखध्वज मादेम्बाले प्रस्तुत गरी दुवै प्रतिवेदनमाथि संस्थाका शेयर सदस्यहरुले समर्थन गरी सर्वसम्मतिले पारित गरिएको थियो ।

संस्थाको विनियम चौथो पटक संशोधन सँगै वार्षिकी कार्यनीति तथा कार्ययोजना पारित गरिएको थियो। सेवारो निप्पोन ग्रुप प्रा.ली. रियल स्टेट कम्पनीको शेयर सदस्य प्रमाण पत्र प्रमुख अतिथिको बाहुलीबाट संस्थाका सबै शेयर सदस्यहरुलाई वितरण गरिएको थियो। संस्थापक निर्देशक थर्क नारायण लिम्बुले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै संस्थाको आशातीत प्रगति भएको बताउनुभयो।
संस्थापक अध्यक्ष देवी ब. ईङ्नामले स्थापनाकाल देखिको आफ्नो संस्थागत अनुभहरु अभिव्यक्त गर्दै नयॉं सञ्चालक समिति २०२४/२०२५ को समेत घोषणा गर्नुभएको थियो। आमन्त्रण गरिएका अतिथिहरुले शुभकामना मन्तव्य सँगै आ आफ्नो विचार तथा सुझावहरु दिनुभएको थियो ।

सभाको अन्त्यमा सभाका अध्यक्षले कम्पनीको उन्नति र प्रगतिमा निरन्तर अमूल्य सुझाव र सहयोग गर्ने सम्पूर्ण शेयर धनी सदस्यहरु आमन्त्रित अतिथिहरु तथा सम्पूर्ण शुभेच्छुकहरू प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै सभा विर्सजन गर्नुभएको थियो ।

यसैवीच साधारण-सभाले २०२४-२०२५ को सञ्चालक समितिमा निम्नअनुसार गठन गरेको छ।
अध्यक्ष :- देवेन्द्र लावती
निर्देशक :- भेषराज चेम्जोङ
सचिव: लाखध्वज मादेम्बा
कोषाध्यक्ष :- तान्छोहाङ नेम्बाङ
ब्याबस्थापक :- देवी बहादुर ईङ्नाम
सदस्यहरू :- थर्कनारायण लिम्बु
होम बहादुर तुम्बापो
सुदिप पालुङा
तिलकजङ् निङ्लेखु
रेवती फियाक
गंगा बहादुर थेगिम

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय