कर्मभूमिमा रहनुको नाताले आफ्नो स्थानबाट केहि भएपनि भूकम्प प्रभावित क्षेत्रमा तत्काल सहयोग गरौं भन्ने ध्येयका साथ एनआरएनए जापानमार्फत अस्थायी शौचालय ४ वटा र भूकम्प पिडित रहेका दुई ठाउँमा करिब ७ सय जनालाई एक दिनका लागि खाना खुवाउने योजना सहित एनआरएनए जापानको अध्यक्ष नविन निउरेको नेतृत्वमा टोली हिजो बिहिबार त्यसतर्फ बिहिबार टोकियो र ओसाकाबाट त्यसतर्फ लागेको छ ।

टोलीले अस्थायी शौचालय प्रदान गर्ने, वृद्धवृद्धा लगायतको तातो खाना खाने मनसायलाइ आत्मसात गर्दै भूकम्प पिडित क्षेत्रका मानिसलाई शुक्रवार र शनिबार गरि खाना खुवाउने योजना बनाएको छ। जापानमा रहेका हामी नेपालीले जापानका नागरिकलाई परेको अप्ठ्यारो र प्राकृतिक विपत्तिका समयमा आफूले सक्दो सहयोग गर्नु हाम्रो दायित्व सम्झिएर उक्त कार्य गर्न लागिएको एनआरएनए जापानले जनाएको छ ।
यस कार्यमा समन्वयकारी भूमिका एनआरएनए जापानका सदस्य विष्णुप्रसाद सापकोटाले गरिरहनु भएको छ।

भूकम्प प्रभावित क्षेत्र क्षेत्र तर्फ जाने टोलीमा अध्यक्ष नविन निउरे उपाध्यक्ष कृष्ण शर्मा गैरे, महासचिव टिकाराम खरेल, सदस्य तथा संयोजक विष्णुप्रसाद सापकोटा, सदस्य दिलिप शर्मा, विशेषज्ञ समिति सदस्य जिज्ञानकुमार थापा, विशेषज्ञ समिति सदस्य हरि सापकोटा, यम कंडेल, टिआर गौडेल, सुरेन खड्का, जगत थापा, सुमित खत्री, रामु साहनी रहनु भएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय