सन्दिप सुनार/जनवरी१३ ,टोकियो जापान
नेपाल कम्युनिष्ट पार्टी माओेवादी केन्द्र निकट नेपाली जनप्रगतिशील मञ्च जापानको नबौँ अधिवेशन नजिकीदै गर्दा अधिवेशनकाे तिब्रताका साथ चहलपहल बढ्न शुरू भएकाे छ ।
मञ्चको अधिवेशन आगामी जनवरी २८ तारिखका दिन टाेकीयाेकाे मुसासिनाे सि सिकाई भन्ने ठाँउमा भव्यताका साथ हुन लागेकाे मञ्चका अध्यक्ष भवानी पन्तले जानकारी दिनु भयाे ।
प्रवासी नेपालीहरूमा आपसी सद्भाव ,भाइचारा र एकताको अभियान, ज्ञान सिप र पुँजीको लगानी सहित संवृद्ध नेपालको लागि नबौँ अधिवेशन भन्ने मूल नाराका साथ नेपाली जनप्रगतिशील मञ्च जापानको अधिवेशन हुन लागेकाे अध्यक्ष पन्तले बताउनु भयाे । उहाका अनुसार अधिवेशनका लागि माओवादी केन्द्रका केन्द्रिय नेता तथा प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्मा र समितिका सह इन्चार्ज लक्ष्मण पन्तको समेतको उपस्थितिमा सम्पन्न हुने बताउनु भयाे ।
अधिवेशनको तयारीका लागि विभिन्न विभागहरू समेत बनाएर अधिवेशन भव्यताका साथ सम्पन्न गर्नका लागि नेता कार्यकर्तालाई जिम्मेवारी दिएकाे छ । उहाका अनुसार दुई वर्ष अगाडि मञ्चले हालका नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल प्रचण्डकाे एक हप्ते जापान भ्रमण समेतकाे अवसर मिलाएकाे थियाे `उहाले भन्नुभयाे ´।
मञ्चले यस अघि जापानमा रहेकाे आफ्नाे सातवटै क्षत्रीय कमिटीकाे अधिवेशन सकिसकेकाे छ भने मञ्चले नेपालमा आईपर्ने जुनसुकै विपत्तिकाे बेलामा पनि सहयाेग र सामाजिक कार्यहरू गर्दै आईरहेकाे छ ।





