टोकियो/जापान। यहि फेब्रुअरी ११ तारिख आईतबारका दिन गुन्मा प्रिफेक्चरको ओईजुमी बुंखामुरामा स्याङ्जा समाज जापान किता कान्तो क्षेत्रको प्रथम अधिवेशन सम्पन्न भएको छ।
संयोजक शिव अर्यालको सभापतित्व तथा स्याङ्जा समाज जापानका अध्यक्ष चित्र गुरुङको प्रमुख आतिथ्यतामा स्याङ्जा समाज जापान किता कान्तो क्षेत्रको प्रथम अधिबेशन सम्पन्न भएको हो।
अधिवेशनका प्रमुख अतिथि एवं केन्द्रका अध्यक्ष चित्र गुरुङले परदेशी भूमिमा समाज र संघ संस्था अपरिहार्य रहेको र सम्पूर्ण जिल्लावासीहरुलाई समाजमा गोलबन्द भई दु:ख सुखमा हातेमालो गर्दै अगाडी बढ्न अपील गरे ।
यसैगरि समाजका केन्द्रीय संरक्षकहरु – पिताम्बर चापागाई, धुर्व ज्ञवाली, सल्लाहकारहरु, केन्द्रीय समितिका पदाधिकारीहरु, किता कान्तो क्षेत्रमा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधीहरु लगाएत सामाजिक व्यक्तित्वहरुरुको बाक्लो उपस्थिति रहेको थियो । केन्द्रीय समितिको प्रथम वैठकमा निर्णय गरे वमोजिम वरिष्ठ उपाध्यक्ष एवं संगठन विभाग प्रमुख वेद कार्की, केन्द्रीय समितिका सबै पदाधीकारीहरु र एनआरएनए गुन्मा क्षेत्रका संयोजक नसिर दिन मियाँको विशेष पहलमा प्रथम अधिवेशन सम्पन्न गर्न सफल भएको समाजका महासचिव सागर मणि न्यौपानेले बताए ।
किता कान्तो क्षेत्रका नवगठित कार्यसमितिको अध्यक्षमा शिव अर्याल, उपाध्यक्षद्वयमा आकाश कुँवर र लक्ष्मण न्यौपाने, सचिवमा रमेश कुमार सुनाम,सह-सचिवमा यम गुरुङ,कोषाध्यक्षमा श्याम कुँवर,सह-कोषाध्यक्षमा कुशुम मगर रहेका छन् ।
त्यसैगरि कार्यसमिति सदस्यहरुमा,भिष्म भूषालमैनु दिन मिया,सुन्दर पाण्डेय,विनोद थापा,सिता गुरुङ,सोनि कुँवर,खुम ब. कुँवर,अर्जुन श्रेष्ठ,सर्मिला गुरुङ,हिरासिंह थापा,विनोद गुरुङ र सन्दिप कुमार थापा रहेका छन् ।
यसका साथै समितिको सल्लाहकारहरुमा,निरज गुरुङ नसिर दिन मियाँ,चिजकाजी गुरुङ,रवीन्द्र कुँवर,तारा गौडेल, भेषम न्यौपाने र कृष्ण बहादुर पाण्डेलाई मनोनित गरिएको छ ।





