अमेरिकी राष्ट्रपति जो बाइडन र पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले आगामी निर्वाचनमा उम्मेदवार हुन उनीहरूको दलबाट आवश्यक प्रतिनिधिहरूको समर्थन जुटाउन सफल भएका छन्।
कैयौँ राज्यहरूमा भएका प्राइमरी चुनावहरूबाट उनीहरू दुवै जनाले मङ्गलवार आवश्यक प्रतिनिधि सङ्ख्या जुटाएका हुन्।

ट्रम्पको रिपब्लिकन पार्टीका उम्मेदवारले कम्तीमा १,२१५ जना पार्टी प्रतिनिधिको समर्थन जुटाउन आवश्यक छ भने बाइडनको डेमोक्र्याट पार्टीका उम्मेदवारले कम्तीमा १,९६८ पार्टी प्रतिनिधिको समर्थन जुटाउन आवश्यक छ।





