श्रीलङ्काको स्वामित्वमा रहेको एउटा सानो र निर्जन टापुको विषयका कारण अहिले भारतमा राजनीतिक चर्काचर्की भइरहेको छ। निर्वाचनको मुखमा भारतका प्रधानमन्त्रीले कङ्ग्रेस पार्टी संलग्न सीमासम्बन्धी एउटा निर्णयका कारण भारतको एकता कमजोर बनेको टिप्पणी गरेका छन्।

कच्छतीवु द्वीप समुद्रमा भारत र श्रीलङ्काको सीमा छुट्टिने स्थानमा अवस्थित ‘पाल्क स्ट्रेट’मा छ। यसको क्षेत्रफल १.९ वर्ग किलोमिटर मात्र छ। यो टापु भारतको तमिलनाडु राज्यको रामेश्वरमबाट उत्तरपूर्व र श्रीलङ्काको जाफ्ना सहरबाट दक्षिणपश्चिममा छ।

यो टापुमा खानेपानीको स्रोत छैन। कच्छतीवुमा एउटा गिर्जाघरबाहेक अरू कुनै संरचना छैन। भारत र श्रीलङ्काबाट इसाईहरू प्रत्येक वर्ष आयोजना हुने एउटा तीनदिने पर्वमा सहभागी हुन त्यहाँ जान्छन्।
ब्रिटिश उपनिवेशमा भएकै बेला भारत र श्रीलङ्काका शासकहरूले सन् १९२१ देखि नै उक्त टापु छेउछाउको समुद्रमा माछा मार्ने अधिकारमा आफ्नो दाबी गरेका थिए। तर पछि भारतले दाबी छोडेपछि विवाद टुङ्गियो।

त्यसको दुई वर्षपछि दुई देशले हस्ताक्षर गरेको एउटा सहमतिले एउटा देशका मानिसलाई अर्को देशको समुद्रमा माछा मार्न निषेध गर्‍यो।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले त्यतिबेला सरकारमा र अहिले प्रतिपक्षमा रहेको कङ्ग्रेस पार्टीलाई उक्त टापु श्रीलङ्कालाई दिएको आरोप लगाएपछि चार दशक पुरानो निर्णयबारे अहिले फेरि चर्चा हुन थालेको छ। प्रतिक्रियामा कङ्ग्रेसले मोदीले चुनावको पूर्वसन्ध्यामा अत्तालिएर उक्त विषय चर्काउन खोजेको प्रत्यारोप लगाएको छ।
@bbc

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय