“न्यु युथ फुटवल क्लव,8848 NYFC JAPAN” को आयोजनामा महिला राष्ट्रिय फुटवल टिम सहयोगार्थ “गोल्डेन विक विथ डोना थापा एण्ड ओडा स्टिन तथा साङ्गीतिक कार्यक्रम हुने भएको छ ।
भोली यहि मे ३ तारिख शुक्रबार जापानको राजधानी टोकियोको सिनओकुवो स्थित रोयल गार्डेन रेष्टुरेण्टमा हुने कार्यक्रमको तयारी पुरा भइसकेको “न्यु युथ फुटवल क्लव,8848 NYFC JAPAN” का प्रशिक्षक एवम् कार्यक्रमका संयोजक ओम काउचा मगरले जानकारी दिनुभएको छ ।
कार्यक्रममा राष्ट्रिय फुटवल खेलाडी डोना थापा र ओडा स्टिनको साथमा APAWAAD व्याण्ड, स्थानीय कलाकारहरू चर्चित लोक दोहोरी गायक चेतन घर्ती मगर, नृत्यकारहरू अनुशा राना मगर, मनिता राना मगर, मोनम पुन मगर, सुजाता क्याछ्याकी मगर र बर्षा आले मगरको साङ्गीतिक प्रस्तुति समेत रहने आयोजकले जनाएको छ ।
कार्यक्रममा सहभागिताका लागि सम्पूर्ण जापानबासी खेलप्रेमी नेपाली दाजूभाइ तथा दिदीबहिनीहरूलाई अनुरोध समेत गरेको छ ।





