काठमाडौँ — हिमालयन बैंकले क्यूएस रेमिटसँगको सहकार्यमार्फत जापानबाट पनि आफ्नो सेवा सुरु गरेको छ ।

उक्त सहकार्यपछि जापानमा भएका नेपालीहरूले अब क्यूएस रेमिटमार्फत सिधै हिमालयन बैंकको खातामा रकम जम्मा गर्न सक्छन् । जापानको सिनओकुबोस्थित रहेको क्यूएसको कार्यालयमा सम्पर्क गरी बैंकिङ सेवा लिन सकिने बैंकका जापान प्रतिनिधि प्रकाश घिमिरेले बताए ।

घिमिरेका अनुसार जापानमा बसेर पनि डिम्याड र ब्रोकर एकाउन्ट खोल्ने सकिने भएकोले सम्पर्कको लागि अनुरोध समेत गर्नुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय