म्हेन्दो लामा /ओकिनावा

नेपाल राजदुतावास जापानको आयोजनामा एनआरएनए, जापान एवंम् क्षेत्रिय समिति ओकिनावाको सहकार्यमा जापानको ओकिनावामा दुई दिने राहदानि नविकरण घुम्ति शिविर हिजो सम्पन्न भएको छ ।

अस्ति र हिजो गरि संचालित २दिने सिविरमा २५० जना बढि सेवाग्राहिले सेवा लिएका छन् । घुम्ति सेवा सञ्चालनका लागि एनआरएनए जापानका निवर्तमान उपाध्यक्ष राम कृष्ण श्रेष्ठको टोलि बिहिबार बेलुका ओकिनावा आईपुग्नु भएको थियो । टोलिमा नेपाली राजदुतावास टोकियोका दिृतिय सचिव नारायण ज्ञवाली ,नेपाली राजदुतावास टोकियोका तृतिय सचिव ज्ञान हरि ज्ञवालीको उपस्थिती रहेको थियो।

घुम्ति सेवा सञ्चालनमा ओकिनावामा गठित तामाङ समाज , कर्णाली समाज, राप्ती समाज ,जन प्रगतिशिल मन्च ,कास्की समाज,प्रवासी मन्च नेपाल लगायत बिभिन्न संघयंस्थाहरूको जन प्रतिनीधिहरूको सहयोग साथै उपस्थिती रहेको थियो।

आगामी दिनहरूमा पनि एनआरएनए ओकिनावाले आयोजना गरेका विभिन्न कार्यक्रमहरूमा नेपालि भाषी सबै संघ संस्थाहरूको सहयोग अपक्षा रहेको एनआरएनए ओकिनावाका सचिव सुवास गुरूङले बताउनुभयो ।

त्यसै गरि विभिन्न संघ सस्थाहरूले नेपाली समुदायको एकताको लागि गरेका विभिन्न कार्यक्रमहरूमा एनआरएनए ओकिनावा हातेमालो गरेर अघि बढ्दै ओकिनावामा रहेको नेपालि समुदायलाई नमुना ओकिनावा बनाउने जानकारी दिनुभयो ।

सेवाग्राही ,समाजसेवी ,वुद्धिजिवी ,व्यवसायी र स्वयमसेवक सबैलाई धन्यवाद दिंदै यो कार्यक्रमले सेवाग्राही अति नै हर्षित र लाभान्वित भएको एनआरएनए ओकिनावाका अध्यक्ष देबेन्द्र खड्काले जानकारी दिनुभयो ।

बिहान ९ बजि देखी बेलुका ५ बजेसम्म सुचारू भएको घुम्ति सेवा लिन सेवाग्राहिहरू लाईनबद्ध रूपमा बसेर सेवा लिएका थिए।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय