होक्काइडोको नेमुरो शहरमा पहाडमा बस्ने भालुहरू बस्तीमा आउने क्रम बढेको छ।
केही मानिसहरू भालुसँग भेट भएपछि घाइते समेत भएका छन्। त्यसैले, अक्टोबर ८ मा बस्तीमा भालु देखा परेका बेला कसरी प्रतिकार गर्ने भन्ने विषयमा पहिलो पटक तालिम आयोजना गरिएको थियो।
प्रहरी अधिकारी र स्थानीय सरकारका कर्मचारीहरू सहित करिब १० देखि २० जनाले भाग लिएका थिए। उनीहरूले ट्र्याक पहिचान गर्ने र भालुलाई मन नपर्ने स्प्रे कसरी प्रयोग गर्ने भन्ने बारे सिकेका थिए।
@Mainichi sinbun



