गत वर्ष फेला परेको धूमकेतु चुचिनशान-एटलसले आइतबार जापानको आकाशलाई उज्यालो बनाएको छ। पृथ्वीको सबैभन्दा नजिक आइपुगेको यो धूमकेतुको लामो पुच्छरसहितको अद्भुत दृश्यले लाखौं मानिसलाई मोहित बनाएको छ।

चीन र दक्षिण अफ्रिकाका खगोलविद्हरूले सन् २०२३ मा पहिलो पटक यो धूमकेतु देखेका थिए। जापानी समय अनुसार यो धूमकेतु सेप्टेम्बर २८ मा सूर्यको सबैभन्दा नजिक पुगेको थियो।

आइतबार, यो धूमकेतु पृथ्वीबाट करिब ७१ मिलियन किलोमिटरको दूरीमा आइपुगेको थियो। जापानको राष्ट्रिय खगोल विज्ञान वेधशालाले सूर्यास्त पछि पश्चिमी आकाशमा यो धूमकेतु करिब एक हप्तासम्म देख्न सकिने बताएको छ।

सोमबार र मंगलबार यो धूमकेतु तारा जस्तै उज्यालो हुने बताइएको छ। तर, क्षितिज नजिक हुने भएकाले कृत्रिम बत्तीको कारणले यो धूमकेतु देख्न गाह्रो हुन सक्छ। बुधबारदेखि आइतबारसम्म भने यो धूमकेतु अलि फिक्का भए पनि आकाशमा अलि माथि हुने भएकाले नाङ्गो आँखाले नै देख्न सकिनेछ।

वेधशालाका परियोजना प्राध्यापक वातानाबे जुन्चीले यस्तो दृश्य पुच्छर भएको धूमकेतु देख्न पाउनु दुर्लभ अवसर भएकोले मानिसहरूले साँझको समयमा पश्चिमी आकाशमा ध्यान दिन आग्रह गरेका छन्।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय