जापानको कोबेमा बसोबास गर्दै आएका नेपाली विद्यार्थी ङवाङ ठिले शेर्पाको मंगलबार निधन भएको छ। रक्त क्यान्सरबाट पीडित शेर्पाको उपचारका क्रममा निधन भएको हो। उहाँको निधनबाट स्तब्ध भएको जापानको बिभिन्न शहरहरुमा छरिएर रहेका शेर्पा समुदायले आर्थिक सहयोग संकलन गरी परिवारलाई हस्तान्तरण गर्ने भएको छ।
शेर्पा संघ जापानका अध्यक्ष सोनाम शेर्पाका अनुसार शेर्पाको पार्थिव शरीर बिहीबार शेर्पा समुदायको परम्पराअनुसार लामाको उपस्थितिमा उनको अन्तिम संस्कार कोबे शहरमै गरिएको थियो।
शेर्पा संघ जापानले अक्टोबर महिनाभर सहयोग संकलन गरी मृतक परिवारलाई हस्तान्तरण गर्ने जनाएको छ। मृतकको उपचारमा भारी खर्च भएको हुँदा शेर्पा संघले सबैलाई सहयोगका लागि अपिल गरेको छ।
शेर्पा समुदायका सदस्यहरूले दिवंगत शेर्पाको परिवारलाई आर्थिक सहयोग गरेका छन्। शेर्पा संघ जापानले संकलित रकम परिवारलाई हस्तान्तरण गर्ने जनाएको छ।
शिक्षाका लागि विदेशिएका युवाको निधनले नेपाली समुदायलाई स्तब्ध बनाएको छ। यस दुःखद घडीमा पीडित परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै उनको आत्माको चिरशान्तिको कामना।
सहयोगको लागी बैक खाता नम्बर:
18110-42174141
シェルパ ソナム JP ゆうちょ銀行





