जापानको चिबामा बस्ने नेपालीहरूका लागि हिमालयन बैंक खाता खोल्ने सुनौलो अवसर आएको छ। नेपालको अग्रणी बैंक हिमालयन बैंक लिमिटेडको रेमिट सेवा, हिमाल रेमिटले यो सुविधा ल्याएको हो।
चिबा स्थित राजदरवार नेपाली रेस्टुरेन्टमा नोभेम्बर २०, २१ र २२ मा आएर बिहान ११ बजेदेखि साँझको ६ बजेसम्म सजिलैसँग बैंक खाता खोल्न सकिने हिमालयन बैंक जापानका प्रतिनिधि प्रकाश घिमिरेले जानकारी दिनुभयो ।उहाँका अनुसार सोही दिन निःशुल्क मोबाइल बैंकिङ रेमिट कार्ड बनाउनुको साथै हिमालयन बैंकको खाता खोलेर नेपालमा पैसा पठाउन र अन्य बैंकिङ सुविधा लिन सक्नुहुन्छ।

हिमालयन बैंकले क्यूएस रेमिटसँगको सहकार्यमार्फत जापानबाट पनि हालसालै आफ्नो सेवा सुरु गरी हजारौ नेपालीहरुलाइ बित्तिय सेवा सुबिधाहरु प्रदान गरिदै आइरहेको छ ।
उक्त सहकार्यपछि जापानमा भएका नेपालीहरूले अब क्यूएस रेमिटमार्फत सिधै हिमालयन बैंकको खातामा रकम जम्मा गर्न सक्छन् । जापानको सिनओकुबोस्थित रहेको क्यूएसको कार्यालयमा सम्पर्क गरी बैंकिङ सेवा लिन सकिने बैंकका जापान प्रतिनिधि घिमिरेले बताउनुभयो ।
खाता खोल्न तपाईंसँग निम्न कागजातहरू हुनुपर्छ
राहदानी वा नेपाली नागरिकता प्रमाणपत्र
पासपोर्ट साइजको फोटो
रेसिडेन्स कार्ड (जापान) वा माइ नम्बर
२,४मान येन जम्मा गर्नलाइ ।
अन्तर्राष्ट्रिय रकम स्थानान्तरण
सम्पर्क विवरण:
ठेगाना: 〒260-0031 चिबा-केन, चिबा-शि, चुओ-कु, शिन चिबा २-८-८





