गैर आवसिय नेपाली संघ( एनआरएन) चिवा क्षेत्रिय समिति जापानले गत सेप्टेम्वर २२ तारिक आईतबार चिवा माचुदो शहरको सेन्ट्रल पार्कमा आयोजित एक दिने माचुदो नेपाल फेष्टिबल चिबा २०२४को आय-व्यय विवरण सार्वजनिक तथा सम्मान कार्यक्रम चिवा स्थित अगेनो नेपाली रेष्टुरेन्टमा सम्पन्न भएको छ ।
कार्यक्रममा गैर आवसिय नेपाली संघ एनआरएन राष्ट्रिय समन्वय परिषद(एनआरएन )जापानका युवा संयोजक तथा फेष्टिबल आर्थिक संयोजक मुक्तिराज रेग्मीले उपस्थित अतिथिहरुमाझ नेपाल फेष्टिबल चिबा २०२४को आय-व्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।

माचुदो नेपाल फेष्टिबल चिबा २०२४मा कुल ८६लाख७९हजार ८४१येन आम्दानी र ५६लाख३८हजार २४५येन खर्च भएको र ५लाख२०हजार येन असुल गर्न बाँकी र ३०लाख४१ हजार ५९६ येन मुनाफा राख्न सफल रहेको प्रतिबदेन मार्फत जानकारी गराउनुभयो ।
एनआरएन चिवा क्षेत्रिय समितिका संयोजक समिरजंग खड्काको सभापतित्वमा समपन्न कार्यक्रमको प्रमुख अतिथिमा एनआरएन आइसिसि उपाध्यक्ष रविन शेरचन ,बिशेष अतिथिहरुमा गैर आवसिय नेपाली संघ एनआरएन राष्ट्रिय समन्वय परिषद (एनआरएन )जापानका अध्यक्ष नविन निउरे र एनआरएन चिवाका सल्लाहकार राजन भट्टराई (बिक्की ब्रो)रहनुभएको थियो ।

एनआरएन चिवा क्षेत्रीय समितिका संयोजक समिर जंग खड्का र फेस्टिबल संयोजक राजनबाबु सुबेदीले फेस्टिबलको सफलताका लागि सबै सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्नुका साथै यस्ता कार्यक्रमहरूले नेपाल र जापानबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
कार्यक्रममा उपस्थित अतिथिहरुले गैर आवसिय नेपाली संघ एनआरएन चिवा क्षेत्रिय समितिले गरेको कार्यको प्रसंशा गर्दै कार्यक्रम निरन्तरताको शुभकामना ब्यक्त गर्नुको साथै बचत मुनाफा रकम सदुपयोग गर्नुपर्नेमा जोड दिनुभएको थियो । आयोजकले फेस्टबल सफल बनाउन सहयोग गर्ने महानुभावहरुलाइ मायाको चिनो प्रदान गरी सम्मान समेत गरेको थियो ।

औपचारिक रुपमा सम्पन्न कार्यक्रमको संचालन एनआरएन चिवा क्षेत्रिय समितिका सचिव मोहन कार्कीले गर्नुभएको थियो । कार्यक्रममा बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उत्साहजनक सहभागिता रहेको थियो ।
आर्थिक बिबरण हेर्न यहाँ क्लिक गर्नुहोस
आर्थिक बिबरण हेर्न यहाँ क्लिक गर्नुहोस Click Here





