टोकियो/जापान। जापानको इबाराकी र चिबा प्रिफेक्चरल प्रहरीको संयुक्त अनुसन्धानबाट इबाराकी प्रिफेक्चरमा ४ जना विदेशी नागरिकलाई १ सय भन्दाबढि  सवारी साधन चोरीको आरोपमा पक्राउ गरिएको छ।

अनुसन्धानकर्ताहरुका अनुसार ४ जना श्रीलंकन नागरिकहरुले सन् २०२२ को डिसेम्बरदेखि यस वर्षको मे महिनाको बीचमा ति  सवारी साधनहरु चोरी गरेका थिए। इबाराकी सहरको  चुचिउरा र इनाशिकी तथा वरपर धेरै डकैतीहरू भए तापनि प्रहरीले कुल पाँच प्रिफेक्चरहरू- इबाराकी, साइतामा, चिबा, गुन्मा र तोचिगीमा भएका चोरीहरूको पछाडि यो समूहको हात रहेको आँकलन गरेको छ। सो अवधीमा ति स्थानहरुमा कुल १ सय १० वटा कारहरू चोरी भएको बताईएको छ। यसरी चोरी भएका गाडीहरुमा मुख्यतय टोयोटा हाईएस र सना कार्गो भ्यानहरू रहेका छन् ।

अनुसन्धानले चार जना मध्ये इबाराकी सहरको इताको बस्ने ५६ वर्षिय व्यक्तिलाई मूख्य व्यक्तिकोरुपमा लिएको जापानी संचार माध्यमहरुले जनाएका छन् ।
प्रहरीका अनुसार, प्रयोग गरिएको सवारी साधन र अटो पार्ट्स कम्पनी चलाउने ति व्यक्तिले निजी घर वा होटल र व्यवसायका पार्किङ स्थलहरूबाट चोरी गर्न सकिने स्थानहरु पहिचान गर्थे, समूहका अन्य तीन सदस्यहरूले चोर्ने काम गर्थे। तिनीहरुले त्यसरी चोरेका बस तथा भ्यानहरुलाई ग्यारेजमा लगेक तिनीहरूको इन्जिन जस्ता भागहरू र कम्पोनेन्टहरु निकालेर पुन: बेच्ने गर्दथे।

यस घटनाबारे अहिले प्रहरीले थप अनुसन्धान गरिरहेको समाचारहरुमा जनाइएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय