जापानको ओसाकास्थित मिदोरीवासीमा रहेको गोले किचन एण्ड बारमा ब्लु ब्वाइज युनियनले आयोजना गरेको “ब्लु ब्वाइज सांस्कृतिक साँझ” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

यस कार्यक्रमको मुख्य उद्देश्य विदेशी भूमिमा रहेर पनि नेपाली कला संस्कृतिलाई जोगाइ राख्नु रहेको थियो।
नेपालबाट आएका कलाकारहरू लोक दोहोरी गायक बालचन्द्र बराल र शंकर सुनार, लोक दोहोरी गायिका  सलिना नेपाली, र जापानमै रहनुभएका गायक केशव शर्माको मनमोहक प्रस्तुतिले दर्शकहरूलाई झुमाउँदै कार्यक्रमलाई रमाइलो बनाएको थियो।

दर्शकहरू पनि कलाकारहरूको प्रस्तुतिमा मन्त्रमुग्ध भएर नाचगानमा रमाएका थिए।
यस कार्यक्रमलाई सफल बनाउन आर्थिक सहयोग गर्ने विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो।

सचिव प्रदीप राज खड्काले  यस्ता सांस्कृतिक कार्यक्रमले व्यस्त दैनिकीमा रहेका नेपालीहरूलाई मनोरञ्जन प्रदान गर्नुका साथै नेपालीपनको अनुभूति दिलाएको बताइनुभयो ।
संस्थाका अध्यक्ष बासुदेव लामिछाने र उपाध्यक्ष राम कुमार पाण्डेले पनि आफ्नो मन्तव्यमा यस्ता कार्यक्रमको महत्वमा जोड दिँदै यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभएको थियो।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय