गल्कोट समाज कान्साईले २०२५ को जुन १४ र १५ तारिखमा कान्साईमा पहिलो नेपाल फेस्टिभल आयोजना गर्ने भएको छ।
‘उठौँ, जुटौँ, हात मिलाऔँ! संसारका गल्कोटे एकजुट होऔँ!’ भन्ने नाराका साथ आयोजना हुने यस फेस्टिभलले नेपालको कला, संस्कृति र परम्पराको प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।

यस फेस्टिभलमा नेपालका विभिन्न क्षेत्रका चर्चित कलाकारहरूको प्रस्तुति रहनेछ। उनीहरूले नेपाली गीत, नृत्य र संगीत प्रस्तुत गर्दै नेपाली कला संस्कृतिको धनी इतिहासलाई प्रदर्शन गर्नेछन्। फेस्टिभलबाट प्राप्त रकमलाई अन्तर्राष्ट्रिय गल्कोट समाज बहुसांस्कृतिक भवन निर्माणमा खर्च गरिने आयोजकले जनाएको छ। यस भवनले विश्वभर छरिएर रहेका गल्कोटेहरूलाई एकै थलोमा ल्याई आपसी सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्य राखेको छ।
यस फेस्टिभलमार्फत जापानमा बसोबास गर्ने नेपालीहरूलाई एकताबद्ध गर्नुका साथै जापानी समुदायमा नेपालको कला, संस्कृति र पर्यटनको प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ। यो फेस्टिभल जापानको ओसाका शहरमा अवस्थित Osaka Creative Center को प्राङगणमा हुनेछ। ठेगाना: 4 Chome-1-55 Kitakagaya, Suminoe Ward, Osaka, 559-0011





