बलेवा सेवा समाज जापानले अंग्रेजि नयाँ वर्षको अवसरमा आयोजना गरेको नयाँ वर्ष सांगितिक साँझको तयारी अन्तिम चरणमा पुगेको छ ।
सुन्दर वलेवामा शिक्षा र स्वास्थ्यको सहयोगार्थ भन्ने नाराका साथ जनवरि 4 तारिखका दिन आयोजना गरेको कार्यक्रमको तयारी तिव्र पारेको समाजका संरक्षक तथा कार्यक्रमका आर्थिक संयोजक महेन्द्र पिसिले जानकारी दिनुभयो ।

टोकियो स्थित खामेईदो सास्कृतिक केन्द्रमा हुने संगितिक साँझमा चर्चित गायिका अस्मिता अधिकारि र पछिल्लो समयका चर्चित गाएक बाबु कृष्ण परियारले प्रस्तुति दिने समाजका अध्यक्ष महेन्द्र ढकालले जानकारी दिनुभयो ।

परियारका कास्मिरे पच्छ्योरि, दमौलि लगाएतका गितहरु चर्चित रहेका छन् । जनवरि 4 तारिखमा हुने सांगितिक साँझका लागि सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको संयोजक पिसिले जानकारी दिनुभयो ।

एक दशक भन्दा लामो समय देखि क्रियाशिल बलेवा सेवा समाज जापानले विगतमा पनि शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षत्रमा सहयोग गर्दै आएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय