टोकियो, जापान – गुरुङ समाज जापानले जनवरी १ तारिक बेलुका ३ बजेदेखि १० बजेसम्म टोकियोमा आयोजना गर्न लागिरहेको प्रथम तमु ल्होसार सांस्कृतिक साँझ-२०२५ कार्यक्रमको तयारी पुरा भएको छ ।
गुरुङ समाज जापानका उपाध्यक्ष तथा कार्यक्रम संयोजक चन्द्र गुरूङका अनुसार यस कार्यक्रममा प्रथम तमु ल्होसार सांस्कृतिक साँझ-२०२५ सफल बनाउन नेपालबाट पच्यु चिवा हस्त बहादुर गुरुङ जापानान रहेका सकृय गायक/गायिकाहरु प्रकाश गुरूङ, कौशल गुरूङ, काजल गुरूङ, बाला दुरा गोबिन्द गुरुङलगायत कलाकारहरूको बेजोड् प्रस्तुति रहने बताउनुभयो। उहाँले टोकियो आसपासमा बसोबास गर्ने सबै नेपालीलाई कार्यक्रममा उपस्थित हुन आह्वान गर्नुभएको छ।
यसैवीच गुरुङ समाज जापान सेन्दाइ क्षेत्रिय समितिले भोली डिसेम्बर ३० तारिख प्रथम तमु ल्होसार सांस्कृतिक साँझ-२०२४ आयोजना तयारी तयारी पुरा भएको गुरुङ समाज जापान सेन्दाइ क्षेत्रिय समितिका अध्यक्ष अमर गुरुङले जानकारी दिनुभयो ।

गुरुङ समाज जापान क्षेत्रीय समिति, सेन्दाईले आयोजित यस कार्यक्रमले जापानमा बसोबास गर्ने गुरुङ समुदायको कला, संस्कृति र परम्पराको झलक प्रस्तुत गर्नेछ।कार्यक्रममा गुरुङ कलाकारहरु कौशल गुरूङ, काजल गुरूङलगायतको प्रस्तुति रहने जनाएको छ ।
कार्यक्रमको विवरण:
* मिति: डिसेम्बर ३०, सोमबार
* समय: दिउँसो २:०० बजे देखि राति ९:०० बजे सम्म
* स्थान: 番町 २丁目-२-११, TKビル B1F, सेन्दाई शहर, मियागी प्रिफेक्चर





