जापानमा बसोबास गर्ने नेपाली महिलाहरूको एक सशक्त समूह ड्रिम्स क्लब जापानले आयोजना गरेको पूर्णबहादुरको सारङ्गीको नारिता शो भव्य रूपमा सम्पन्न भएको छ। यो कार्यक्रमले जापानमा रहेका नेपाली महिलाहरूको प्रतिभा प्रदर्शन गर्नुका साथै नेपाली संस्कृतिको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको छ।

ड्रिम्स क्लब जापानले नेपाली महिलाहरूलाई एकजुट बनाई उनीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्य राखेको छ। यस क्लबले आयोजना गरेको यो पहिलो कार्यक्रमको सफलताले यसको उद्देश्यलाई थप बल दिएको छ। कार्यक्रममा विनिता पौडेल र अस्मिता गुरुङ भाग्यमानी दर्शक बनेर पुरस्कृत भएका छन्।

हालै स्थापित ड्रिम्स क्लब जापानको कार्यसमिति निम्न ब्यक्तिहरु  रहेका छन ।

अध्यक्ष: निशा बगाले (सापकोटा)
उपाध्यक्ष: कृशा थापा
महासचिव: इन्दिरा देवकोटा
सचिव: सजनी ढकाल
कोषाध्यक्ष: सुलोचना ढुंगाना
सहकोषाध्यक्ष: बिना चौधरी
सदस्यहरू: दुर्गा खड्का बुढाथापा, सिता बस्नेत, सङगिता रेग्मी, रित्ना पौडेल, अर्चना भट्टराई, स्वईकृति सापकोटा

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय