जापानको ओसाकामा रहेको ब्लु ब्वाइज युनियनले अंग्रेजी नयाँ वर्ष २०२५ र अन्तर्राष्ट्रिय टोपी दिवस मनाउँदै नयाँ सदस्यहरूलाई स्वागत गरेको छ।
युनियनले आयोजना गरेको कार्यक्रममा सदस्यहरूबीच शुभकामना आदानप्रदान भएको थियो। कार्यक्रममा नेपाली टोपीको इतिहास र महत्वबारे जानकारी दिइएको थियो। यसका साथै, नयाँ सदस्यहरूलाई युनियनको बारेमा जानकारी दिँदै आगामी दिनमा युनियनले गर्ने कार्यक्रमहरूबारे जानकारी गराइएको थियो।


युनियनका सचिव प्रदीपराज खड्काका अनुसार, युनियनले नेपाली संस्कृति, चाडपर्व र रीतिरिवाजहरूलाई जोगाउन र नयाँ पुस्तालाई यसबारे जानकारी दिन विभिन्न कार्यक्रम गर्दै आएको छ। विशेष गरी जापानमा बसोबास गर्ने नेपाली बालबालिकालाई नेपाली संस्कृतिसँग जोड्न युनियनले विभिन्न प्रयास गरिरहेको छ।





