सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी (सिडिओ) अजोज कुमार घिमिरे र प्रहरी नायव उपरीक्षक (डिएसपी) द्वारिका प्रसाद घिमिरे सम्मानित हुनु भएको छ ।
जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिका २ सुर्केमा आयोजित ङिम दोर्जी शेर्पा पर्यटन सडकको उद्घाटनको अवसरमा उहाँहरु प्रधानमन्त्री केपी शर्मा ओलीबाट सम्मानित हुनु भएको हो ।
खुम्बु पासाङ ल्हामु गाउँपालिका २ सुर्केसम्म सडक पुराउनका लागि महत्वपूर्ण सहयोग गरेको भन्दै पालिकाले उहाँहरुसहितलाई प्रधानमन्त्री ओलीको हातबाट खादा लगाइ सम्मानित गरिएको हो ।
सम्मानित हुनेमा दुर्गा बक्स गण सल्लेरी, गोरकनाथ गण तथा अमिदमन गण सहित सुरक्षा निकायका प्रमुख एवं खुम्बु पासाङ ल्हामु गाउँपालिकाका निवर्तमान प्रमुख प्रशासकिय अधिकृत र वर्तमान प्रमुख प्रशासकिय अधिकृत, पालिकाका इन्जिनियर तथा प्रवक्ता लाक्पा छिरी लगायतलाई सम्मान गरिएको हो ।
क्षेत्र खुम्बुमा पहिलो पल्ट सडक पुगेसँगै उद्घाटन कार्याक्रम प्रधानमन्त्री ओली, भौतिक तथा पूर्वाधार मन्त्री देवेन्द्र दाहाल, रक्षा मन्त्री मानवीर राई, राष्ट्रिय सभाका सदस्य सोनाम ग्याल्जेन शेर्पा, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की लगायतको बाक्लो उपस्थित रहेको थियो । साथै सो क्षेत्रबाट पुर्वको अरनिको यातायात प्रा.लिले सेवा प्रवाह गर्न थालेको छ ।
@himalsamachar





