आज बिहान नेपालमा शक्तिशाली भूकम्पको झट्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यस भूकम्पको केन्द्रबिन्दु चीनमा रहेको छ।

अमेरिकी भौगर्भिक निकाय यूएसजीएसले उक्त भूकम्प ७.१ म्याग्निट्यूडको भएको जनाएको छ। भूकम्पको केन्द्रबिन्दु चीनको सिजियाङ रहेको उल्लेख गर्दै यूएसजीएसले यस क्षेत्रमा ५.१ र ४.८ म्याग्निट्यूडका थप परकम्पहरू पनि गएको बताएको छ।

नेपालको सोलुखुम्बु जिल्लामा भूकम्पको धक्का निकै तीव्र महसुस भए पनि हालसम्म कुनै भौतिक वा मानवीय क्षतिको विवरण आएको छैन। भूकम्पको प्रभाव नेपालका धेरै क्षेत्रका साथै भारतको पश्चिम बङ्गाल, असम, बिहार र दिल्लीसम्म महसुस गरिएको छ।

गृह मन्त्रालयले क्षतिको विवरण सङ्कलनको काम सुरु गरिसकेको जनाएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय