जापानको मिए, गिफु र आईची प्रिफेक्चरमा बसोबास गर्ने गुरुङ समुदायले आफ्नो साझा पहिचानलाई अझ मजबुत बनाउने उद्देश्यका साथ हालै एक भेलाको आयोजना गरी तोखाई क्षेत्रीय समिति गठन गरिएको छ।

“प्ये म्हस्यां छ्या म्हमुँ, छ्या म्हस्यां ल्हु म्हमुँ, ल्हु म्हस्यां म्ही म्हमुँ” भन्ने नाराका साथ स्थापित यस समितिले गुरुङ समुदायबीच सद्भाव र भ्रातृत्व अभिवृद्धि गर्ने लक्ष्य राखेको छ। केन्द्रीय अध्यक्ष युवराज गुरुङका अनुसार, जापानमा बसोबास गर्ने गुरुङहरूको संख्या बढ्दै गएको सन्दर्भमा आफ्नो साझा पहिचानलाई जोगाउन र समुदायलाई मजबुत बनाउन यस्तो संस्थाको आवश्यकता महसुस गरिएको थियो।

नयाँ समितिको गठनसँगै, जापानमा बसोबास गर्ने गुरुङ समुदायका लागि एउटा नयाँ अध्यायको सुरुवात भएको छ। यसले गुरुङ समुदायलाई एकताबद्ध बनाउन र आफ्नो साझा पहिचानलाई जोगाउन महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको संगठन बिभाग प्रमुख जगदिश गुरुङले बताउनुभयो ।

यस समितिले विभिन्न सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्ने, भाषिक कार्यक्रमहरु  सञ्चालन गर्ने, र समुदायका समस्या समाधानमा सहयोग गर्ने जस्ता गतिविधिहरू गर्ने लक्ष्य राखेको छ।

हालै सम्पन्न गुरुङ समाज जापान, तोखाई क्षेत्रीय समितिको अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ। यस समितिको सभापतिमा चन्द्र गुरुङ चयन भएका छन्। प्रमुख अतिथिको रूपमा केन्द्रीय अध्यक्ष युवराज गुरुङ लगायत विशेष अतिथि नमस्ते गुरुङ (संरक्षक), अतिथिहरू जग्दिश गुरुङ (संगठन प्रमुख) र दीपक घले (केन्द्रीय सदस्य)को उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन जेबी गुरुङले गरेका थिए।

नवनिर्वाचित कार्यसमितिमा विभिन्न पदका लागि निम्न व्यक्तिहरू चयन भएका छन्:

अध्यक्ष: चन्द्र गुरुङ
उपाध्यक्ष: होम गुरुङ, राजकुमार गुरुङ
सचिव: रविन गुरुङ
सहसचिव: मुना गुरुङ
कोषाध्यक्ष: अभिषेक गुरुङ
सांस्कृतिक प्रमुख: शिशिर गुरुङ
सदस्यहरू: शिरिष गुरुङ, मसिनी गुरुङ, दिपेन गुरुङ, गोपाल गुरुङ, सुनिल गुरुङ, एलिसा गुरुङ, सुरज गुरुङ, स्वस्तिक गुरुङ, प्रकाश गुरुङ, सगुन गुरुङ, सोनिषा गुरुङ, अबी गुरुङ, लिला गुरुङ, समिर गुरुङ यसका साथै, समितिले गणेश गुरुङ, जेबी गुरुङ, र नरेश गुरुङलाई प्रमुख सल्लाहकार र बिरेन गुरुङलाई संरक्षकको रूपमा चयन गरेको छ।

नयाँ कार्यसमितिको गठनसँगै, गुरुङ समाज जापान, तोखाई क्षेत्रीय समितिले आफ्नो समुदायको सामाजिक, सांस्कृतिक र आर्थिक विकासका लागि थप प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्दता ब्यक्त गरेका छन । ।

0Shares

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय