जापानको फुकुओकामा रहेको नेपाली समुदायले आयोजना गर्ने ७ औँ खुकुरी एफसी रनिङ कप फुटसल टूर्नामेन्ट आगामी फेब्रुअरी १ तारिखमा हुने भएको छ।
विगत ८ वर्षदेखि निरन्तर रूपमा सामाजिक कार्य र फुटसल प्रतियोगिता आयोजना गर्दै आएको खुकुरी एफसीले यस वर्ष पनि फुकुओकाकै सबैभन्दा ठूलो पुरस्कार राशिको साथ यो टूर्नामेन्ट आयोजना गर्न लागेको आयोजकले जानकारी दिएको छ ।

विजेताले ५ लाख २२ हजार २ सय २२ येन, उपविजेताले २ लाख ११ हजार १ सय ११ येन प्राप्त गर्नेछन्। प्रवेश शुल्क ४५ हजार येन तोकिएको छ भने अन्तिम प्रवेश मिति जनवरी २६ तारिख रहेको छ। उत्कृष्ट खेलाडी, गोलकिपर, डिफेन्डर, सर्वाधिक गोलकर्ता र फेयर प्ले टिमलाई पनि पुरस्कृत गरिने भएको छ ।
सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई यस टूर्नामेन्टमा सक्रिय रूपमा सहभागी हुन र यसलाई सफल बनाउन आयोजकले हार्दिक अपिल गरेको छ। थप जानकारीका लागि तल दिइएको सम्पर्क व्यक्तिहरूसँग सम्पर्क गर्न सकिनेछ ।
* नारायण: ०८०-३९५२-०५३५
* मनोज: ०९०-३०७१-५९२०
* प्रमोद: ०८०-९१०३-५६७३
* सबिन: ०८०-८३८६-६३७९
* प्रकाश: ०८०-९१०५-९८४१
* अशोक: ०९०-४९८४-५१२५
* प्रकाश :०८०-९१०५-९८४१
ठेगाना: 福岡市東区筥松5-3-1





