नेपाल मगर संघ जापानद्वारा आयोजित माघे सङ्क्रान्ति  सांगीतिक कार्यक्रमले जापानमा रहेका नेपाली समुदायलाई एकताबद्ध बनाउँदै बिशेषरुपमा  सम्पन्न भएको छ ।

यस कार्यक्रमको मुख्य उद्देश्य म्याग्दी जिल्ला, रघुगंगा गाउँपालिका-४ घर भई हाल इटाबाशी चुओ अस्पतालमा दुवै मृगौला फेल भएर डायलासिस गराइरहेकी एलिना पुन मगरको उपचारका लागि आर्थिक सहयोग जुटाउनु रहेको थियो।

कार्यक्रममा नेपाली दूतावास टोकियोका महामहिम राजदूत दुर्गा बहादुर सुवेदी प्रमुख अतिथि र विशिष्ट अतिथिको रूपमा  पूर्व आईसीसी सदस्य, उपमहासचिव तथा गैरआवासीय नेपाली संघका वर्तमान सल्लाहकार ओम गुरुङ, एनआरएन आइसिसीका उपाध्यक्ष रोबिन शेरचन, नेफिन जापानका अध्यक्ष हवल चन्द्र लामा, नेपाली ब्यबसायी संघ जापानका संरक्षक विनोद शेरचन,  ईश्वर थापा मगर, डा. श्रीस पुन, एनआरएन उपाध्यक्ष तथा पर्वत समाज अध्यक्ष शुभाष लामिछाने, मोना आइ‍सिसि अध्यक्ष ददिवल खड्का, पत्रकार महासंघजापानका  अध्यक्ष शान्त पहारी, पत्रकार महासंघ जापानका  संस्थापक अध्यक्ष तिलक मल्ल र पूर्ण ट्रेटिङका संचालक टिका श्रेष्ठ लगायतका विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

माघे सङ्क्रान्ति विशेष सांगीतिक साँझमा फियोना फगामी मगर, कामना फगामी मगर, मोनाम पुन मगर, लक्ष्मी पुन मगर, सपना पुन मगर, हीरा आले मगर, मनिता राना मगर, मीरा पुन मगर, अनुशा राना मगर, सुजाता क्याप्छाकी मगर, निरुता रजाली मगर, निरज रजाली मगर, बिकास फगामी मगर, मोहन सारु मगर, सागर थापा मगर, रचना राना मगर, दिपा थापा मगर, चेतन घर्ति मगर, अजय श्रीस मगर र पवित्रा घर्ती मगर लगायतका कलाकारहरूले आफ्नो बेजोड प्रस्तुति दिएका थिए।


उनीहरूले स्वागत नृत्य, सामुहिक नृत्य, युवा याम मगर गीत, साली भेना मगर गीत जस्ता विभिन्न विधाका गीत संगीत प्रस्तुत गरी दर्शकहरूलाई मनोरञ्जन प्रदान गरेका थिए। सागर थापा मगर, बिकास फगामी मगर, निरज रजाली मगर, मोहन सारु मगर, सपना पुन मगर, निरुता रजाली मगर, अनुशा राना मगर, हीरा आले मगर, मोनम पुन मगर लगायतका कलाकारहरूले विभिन्न सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गर्दै कार्यक्रमलाई झनै रङ्गीन बनाएका थिए। रचना राना मगर, दिपा थापा मगर, चेतन घर्ति मगर, अजय श्रीस मगर र पवित्रा घर्ती मगर जस्ता कलाकारहरूको बेजोड प्रस्तुतिले दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको थियो।

अन्त्यमा, संगिता थापा मगर र रितु थापा मगरको विशेष प्रस्तुति, लाइभ कौराहा र नौमती बाजा प्रस्तुतिले कार्यक्रमलाई सफलतापूर्वक समापन गरेको थियो।

कार्यक्रम रामहरी खपाङ्गी मगर सभापति, प्रेम प्रकाश रोका मगर कार्यक्रम संयोजक र भिक्टर ठाडा मगर कार्यक्रम संचालकको रूपमा रहनुभएको थियो।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय