म्हेन्दो लामा/ ओकिनावा
आहा!
प्रकृतिको मधुमास !
कति सुन्दर देखिएकि!!

सेता हिमालको काखमा _
स्वर्णिम अक्षरले कुँदिएका,
शान्ति मन्त्रको लुङ्दर,दर्ज्यु —
र,
ईन्द्रेणि रंगहरूले पोतिएका—
छ्योर्तेन, गुम्बाहरू ।

साङ र नाङ्सलले
शृंगारिएका नाम्सादिम
कोको – म्हेन्दोमा उनिएका
डेन्छेनको आशीर्वाद —
रिमठिमला प्रतिक
खाप्से र सगुन पोङ ।।

अनि ,
शिशिरको पारिलो घाममा-
पेङ्दोर्जे आखेको टुङ्ना र डम्फुको धुन !
मामको लयमा… नाचेको सेलो
ह्याङ्ला ल्होछार
ह्याङ्ला दोङ्ह्राप

साङ =धुप
नङ्सल =बत्ति
कोको म्हेन्दो =टोटोलाको फुल
डेन्छेन्= मान्यजन
रिमठिम = संस्कार
खाप्से = खानाको एक परिकार
आखे =बाजे
माम= बोजु
डोम्बो =पाहुना
ह्याङ्ला ल्होछार = हाम्रो नयां बर्ष

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय