मौसम पूर्वानुमान कम्पनीले जनाएअनुसार, मध्य टोकियोमा सोमबारदेखि साकुरा फूलहरू फुल्न सुरु हुनेछ, जुन देशका अन्य क्षेत्रहरूभन्दा चाँडो हो। यसले जापानमा वसन्त ऋतुको आगमनको संकेत गरेको छ।

वेदरन्यूज इंकका अनुसार, मंगलबार पश्चिमी जापानका हिरोशिमा र कोची र दक्षिणपश्चिमी जापानको मियाजाकीमा फूलहरू देखिने अपेक्षा गरिएको छ। त्यसपछि टोकियो नजिकैको योकोहामा र दक्षिणपश्चिमी जापानका फुकुओका, सागा र नागासाकी शहरहरूमा बुधबार फूलहरू फुल्नेछन्। मार्चको अन्त्यसम्ममा पश्चिमी र पूर्वी जापानमा साकुराका रूखहरू फुल्न सुरु हुने र त्यसको सातदेखि १० दिनपछि पूर्ण रूपमा फुल्ने अपेक्षा गरिएको छ।

पूर्वोत्तर जापानमा अप्रिलको मध्यसम्ममा र होक्काइडोमा अप्रिलको अन्त्यसम्ममा फूलहरू फुल्ने पूर्वानुमान गरिएको छ। साकुरा फूलहरू जापानमा वसन्त ऋतुको प्रतीक हुन् र यस समयमा मानिसहरूले पार्कहरूमा पिकनिक मनाउने, भोज गर्ने र रमाईलो गर्ने गर्दछन्।

0Shares

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय