गुरुङ समाज जापानले वनभोज तथा भेटघाट कार्यक्रमगरी प्रथम स्थापना दिवस मनाउने तयारी गुरुङ समाज जापानले आफ्नो प्रथम स्थापना दिवसको अवसरमा भव्य वनभोज तथा रमाईलो भेटघाट कार्यक्रम आयोजना गर्ने भएको छ।

यो कार्यक्रम आउँदो जुन महिनाको २९ तारिक आइतवारका दिन आयोजना हुँदैछ। कार्यक्रममा नेपालका ख्यातिप्राप्त चर्चित कलाकारहरूको साथमा स्थानीय कलाकारहरू नृत्य तथा लाइभ म्युजिक र बाजा सहित बेजोड सांस्कृतिक प्रस्तुति रहनेछ।

समाजका अध्यक्ष युवराज गुरूङले आफ्नै न्यूजलाई बताए अनुसार जापानमा रहेका प्रत्येक संघ/संस्थाहरूसॅंग समन्वय,सहकार्य र हातेमालो गेरेर नेपाली समुदायलाई एकै ठाउँमा भेटी आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउने अवसर प्रदान गर्नेछ।

आयोजकले यस वर्षको कार्यक्रमलाई पनि पहिलाको वर्ष जस्तै भव्य र सफल बनाउने लक्ष्य राखेको छ।७ कार्यक्रमको संयोजन जग्दिश गुरुङले गर्नेछन् भने सह-संयोजकको भूमिका नरेन घलेले निर्वाह गर्नेछन्।

आर्थिक व्यवस्थापनको जिम्मेवारी आशिष गुरुङलाई दिइएको छ भने प्रचारप्रसारको कार्य चन्द्र गुरुङले सम्हाल्नेछन्। आयोजक गुरुङ समाज जापान र सह-आयोजक क्षेत्रीय समिति कान्तोले सम्पूर्ण जापानवासी गुरुङ तथा गैर-गुरुङ समुदायका साथै विभिन्न संघसंस्थाहरूलाई यस विशेष कार्यक्रममा उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरेका छन्।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय