ब्रेज मेश्रों घान्द्रुक समाज जापानद्वारा हरेक वर्ष आयोजना गर्दै आइरहेको वार्षिक वनभोज BBQ तथा रमाईलो भेटघाट कार्यक्रम यस वर्ष पनि यही मे ५ तारिख सोमबारको दिन भव्यताको साथ हुने भएको छ।
जापानको लामो बिदा गोल्डेन विकलाई मध्यनजर राख्दै जापानको व्यस्तता सँगै समाजको सदस्यहरूबीच भेटघाट, दुःख सुख कुराहरू साटासाट गर्ने, नयाँ पुराना सदस्यहरूबीच परिचय गर्ने, खानपिनका साथ मनोरञ्जनात्मक कार्यक्रम सहित नाचगान गरी वर्षको थकान मेटाउन तथा जापानमा रहेको नजिकको संघसंस्था समाज आफन्त इष्टमित्रहरूसँग समन्वयन भाइचारा राख्ने उद्देश्यसहित कार्यक्रम गर्दै आइरहेको समाजको अध्यक्ष युक्तमान गुरुङले बताए।
कार्यक्रममा गतवर्ष झैं यस वर्ष पनि विविध डोरी तान्ने, ठेलो हान्ने, विशेष महिलाहरूको लागि घैँटो फुटाल्ने खेलहरू पनि समावेश गरी रमाइलो गर्ने खेलकुद संयोजक जगनराज गुरुङले बताए ।
कार्यक्रममा आमन्त्रित सम्पूर्णलाई समयमा उपस्थित जनाई कार्यक्रम सफल बनाइदिनुहुन हार्दिक निमन्त्रणाको साथ आयोजकको तर्फबाट अनुरोध गरिएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय