टोकियो/जापान। मअन्तर्राष्ट्रिय नेपाली समाज जापानको दोस्रो अधिवेशन आईतबार टोकियोमा भौतिक तथा भर्चुअल माध्यममार्फत सम्पन्न भयो ।

अधिवेशनले मोती गुरूङको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। कार्यक्रमको सभापतित्व प्रकाश के.सी.ले गरेका थिए। अधिवेशनमा प्रमुख अतिथिको रूपमा नेपाल समाजवादी पार्टीकी केन्द्रीय सदस्य सरिता ढकालको विशेष उपस्थिति रहेको थियो। त्यस्तै, अतिथिका रूपमा प्रवास प्रदेश समितिका उपाध्यक्ष धनबहादुर विक, संस्थाका संरक्षक पदमसिंह ठगुन्ना, पूर्व अध्यक्ष चण्डिका अमगाईं लगायत बुद्धिजीवी, समाजसेवी तथा विभिन्न क्षेत्रका नेपाली समुदायका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति थियो।

नयाँ कार्यसमितिको अध्यक्षमा मोती गुरुङ, उपाध्यक्षहरुमा गणेश लामिछाने,प्रकाश श्रेष्ठ र सरोज गिरी, सचिवमा बिनोद सापकोटा
,सह-सचिवमा ऋषिराम ढकाल, प्रकाशसिंह ठगुन्ना
र केशव प्रसाद सापकोटा तथा कोषाध्यक्षमा रमिता पोख्रेल चयन भएका छन् । त्यसैगरि कार्यसमिति सदस्यहरुमा- प्रकाश गुरुङ, युवाराज खत्री, दिपकला श्रेष्ठ, अनिसा तमाङ, सन्तोष पौडेल, उर्मिला धमला, नेत्र थापा, वाला दुरा, सञ्जु बि.क., हेमन्त गुरुङ, मिलम मगर, हुकुम मगर, जमुना गुरुङ, निरन्जन श्रेष्ठ, सुसिल लुईटेल, एलिसा सिंखडा, भानु देवकोटा, कैलाश देवकोटा चयन भएका छन् ।

अधिवेशन,टोकियोको सोलमारी रेस्टुरेन्टको सभाहलमा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय