टोकियो, जापान। गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान, कान्तो क्षेत्रीय समितिको नवौं अधिवेशन आगामी जुन २९ तारिखका दिन हुने भएको छ। कान्तो क्षेत्रीय समितिका उपसंयोजक दिपक सुवेदी बिप्वलले दिएको जानकारी अनुसार, यो अधिवेशन टोकियोको सिनओकुबोस्थित सोलमारी मुराहलमा आयोजना हुनेछ।

अधिवेशनको तयारी तीव्र गतिमा अगाडि बढेको छ। यसका लागि विकास श्रेष्ठको संयोजकत्वमा बाबुराम सापकोटा, शालिकराम भण्डारी, बिजेश थकाली र हरि सापकोटा सदस्य रहेको निर्वाचन समिति गठन गरिएको छ। समितिका आयुक्त विकास श्रेष्ठले निर्वाचन नियमावली जारी गरिसकेको जानकारी गराउँदै सोही नियमावली अनुसार अधिवेशनसम्बन्धी सबै गतिविधि अघि बढाउन सम्पूर्ण सरोकारवालाहरूलाई आह्वान गरेका छन्।

एनआरएनए कान्तोले यस अधिवेशनका लागि उम्मेदवारी शुल्क पनि निर्धारण गरेको छ। यसले आगामी निर्वाचन प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नियमावली हेर्नुहोस्
निर्बाचन नियमावली २०२५

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय