टोकियो, जापान: जापानमा रहेका स्याङ्जालीहरूको साझा संस्था स्याङ्जा समाज जापानले आगामी वर्षको जुन ८ तारिख आइतबारका दिन एक भव्य ‘समर बिबिक्यु पार्टी’ आयोजना गर्ने भएको छ।

‘स्याङ्जा समाज जापान राहतकोष सहयोगार्थ’ भन्ने नाराका साथ आयोजना हुन लागेको यस कार्यक्रममा संगीत, खाना र पेय पदार्थको भरपुर आनन्द लिन सकिने आयोजकले जनाएको छ।

चिबा प्रिफेक्चरको इचिवाका सिटीस्थित साकुरा चुचुमी पार्क (Sakuratsutsumi Park) मा बिहान १०:०० बजेदेखि दिउँसो ४:०० बजेसम्म कार्यक्रम सञ्चालन हुनेछ। यो पार्क इचिकावा स्टेशनको साउथ एक्जिटबाट करिब ५ मिनेटको दूरीमा रहेकोले सहभागीहरूलाई पुग्न सहज हुनेछ।

स्याङ्जा समाज जापान परिवारको आयोजनामा हुन लागेको यस कार्यक्रममा पुरुषका लागि प्रवेश शुल्क ४,००० जापानी येन, महिलाका लागि ३,००० जापानी येन र विद्यार्थीका लागि ३,००० जापानी येन तोकिएको छ। यो कार्यक्रम विशेष गरी जापानमा रहेका स्याङ्जाली समुदायका साथै अन्य नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई एकै ठाउँमा भेला गराई भाइचारा र मित्रता अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजना गरिएको हो।

कार्यक्रमबारे थप जानकारीका लागि आयोजक समितिका पदाधिकारीहरू बेद कार्की (०७०-०९९५-०४९८), सागर मणि न्यौपाने (०८०-४४७३-४५९८), मणि भट्टराई (०९०-८०७४-४५७३) र विनयजंग केसी (०७०-७४७६-२४३५) लाई सम्पर्क गर्न सकिनेछ।

यस समर बिबिक्यु पार्टीमा सहभागी भई मनोरञ्जन लिनका लागि स्याङ्जा समाज जापानले जापानमा रहेका सम्पूर्ण नेपाली समुदायलाई हार्दिक निमन्त्रणा गरेको छ।
यसैबीच उता स्याङ्जा समाज जापान क्षेत्रीय समिति नागोयाले भने जुन १, २०२५ मा राहत कोष स्थापनाका लागि भव्य समर बिबिक्यु पार्टी आयोजनाको तयारी सकिएको समेत स्याङ्जा समाज जापानका अध्यक्ष बेद कार्कीले जानकारी दिनुभयो ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय