हरेक वर्षझैँ यस वर्ष पनि नारिता नेपालले “हरितालिका तीज तथा निःशुल्क दर खाने कार्यक्रम” को छैटौँ संस्करण आयोजना गर्ने भएको छ।

यो कार्यक्रम आउँदो अगस्ट २६ तारिख, मंगलबारका दिन नारितास्थित “नारिता स्काई टाउन हल” मा भव्यताका साथ मनाइनेछ। नारिता नेपालका तीज कार्यक्रम संयोजक जितेन्द्र आले मगरले यस सम्बन्धमा जानकारी दिनुभयो।

संस्थागत रुपमा जापानमै पहिलोपटक तीज कार्यक्रमको सुरुवात गरी आजसम्म पनि नेपाली महिला दिदीबहिनीहरूको सम्मानमा हरेक वर्ष निरन्तर तीज कार्यक्रम आयोजना गर्दै आइरहेको नारिता नेपालले जनाएको छ।

यस वर्ष पनि अझ भव्यताका साथ तीज मनाउनका निम्ति चिवाबासी र जापानवासी सम्पूर्ण महिला दिदीबहिनी तथा नेपाली जनसमुदायमा नारिता नेपाल परिवारको तर्फबाट विशेष आग्रह गरिएको छ।

नारिता नेपालका महासचिव बीरेन्द्र रावलले यो कार्यक्रमले नेपाली महिला दिदीबहिनीको आत्मसम्मान र एक आपसमा आत्मीय सम्बन्ध अझ प्रगाढ बनाउने बताउनुभयो। समाजमा सकारात्मक सन्देश दिन “नारीको सम्मानार्थ विशेष एक दिन” भन्ने उद्देश्यले यो कार्यक्रम आयोजना हुँदै आएको उहाँले जानकारी दिनुभयो।

कार्यक्रम अगस्ट २६ तारिख, मंगलबारका दिन दिउँसो २ बजेदेखि बेलुका ८:३० बजेसम्म स्काई टाउन हल, नारितामा सञ्चालन हुनेछ। यस कार्यक्रममा उपस्थित भई नाच्ने तथा दर खाने कार्यक्रमको भरपुर आनन्द लिन नारिता नेपालले सम्पूर्णमा अनुरोध गरेको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय