टोकियो/जापान ।एनआरएनए जापानको २०२५–२०२७ कार्यकालका लागि चिवा क्षेत्रका सक्रिय एनआरएनए अभियानकर्ता मुक्तिराज रेग्मीले कोषाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
सन् २०१७ -१९ कार्यकालमा चिवा क्षेत्रीय समितिका संस्थापक कोषाध्यक्षको रूपमा एनआरएनए यात्रा सुरु गरेका रेग्मी त्यसयता रसन २०१९-२१) चिवा क्षत्रीय कोषाध्क्ष तथा सन २०२१ -२३ मा चिवा संयोजक हुँदै हाल एनआरएनए जापानको युवा संयोजक (२०२३–२०२५) को जिम्मेवारीमा क्रियाशील रहेका छन् ।
कोषाध्यक्ष पदको दाबि सहित उम्मेदवारी दर्ता गराएका रेग्मीले- सामाजिक उत्तरदायित्व,निःस्वार्थ सेवा,पारदर्शी नेतृत्वका लागि युवा जोस जागर र उत्साहका साथ आफ्नो सक्रियता रहने बताएका छन् ।





