विश्वको सर्वोच्च शिखर सगरमाथालाई १७ पटक आरोहण गरी गिनिज वर्ल्ड रेकर्ड कायम गर्नुभएका वरिष्ठ आरोही फुर्वा तेन्जिङ शेर्पा र हङकङबाट सगरमाथा चढ्ने पहिलो नेपाली तथा सफल व्यवसायी राज गुरुङ जापान आउँदै हुनुहुन्छ।

उहाँहरु दुवै जना यही जुलाई २२ तारिखमा जापान आइपुग्ने कार्यक्रम रहेको छ। फुर्वा तेन्जिङ शेर्पा नेपालबाट र राज गुरुङ हङकङबाट जापान आउन लाग्नुभएको हो।

उहाँहरूसँगै वि विल राइज फाउण्डेशन नेपालका संस्थापक निर्देशकद्वय निर्मल श्रेष्ठ (नेपालबाट) र सुरज गुरुङ (हङकङबाट) पनि यस भ्रमणमा सहभागी हुनुहुनेछ। यो टोली यही जुन २४ तारिखमा जापानको प्रसिद्ध माउन्ट फुजी हिमाल आरोहण गर्न त्यसतर्फ जाने भएको छ।

फुजी आरोहण दलमा जापानमा रहेका पर्यटन ब्यबसायी तथा पर्वतारोही  ठिले निमा शेर्पा र आफ्नै न्युज डटकमका प्रधान सम्पादक फुर्वा शेर्पा पनि सहभागी हुनुहुनेछ।
शेर्पा संघ जापानले यी आदरणीय व्यक्तित्वहरूको सम्मानमा एक विशेष भेटघाट कार्यक्रम तथा रात्रीभोजको आयोजना गरेको छ।

कार्यक्रम आउँदो मंगलबार, जुलाई २२, २०२५ मा साँझ ७:०० बजेदेखि टोकियोको ओकुबोस्थित एसियन शेर्पा हबमा सुरु हुने  संघका अध्यक्ष सोनाम लामाले उक्त जानकारी दिनुभएको छ।

शेर्पा संघ जापानले सगरमाथाका यी साहसी नायकहरूलाई स्वागत गर्न र उहाँहरूका प्रेरणादायी अनुभवहरू सुन्नका लागि जापानमा रहेका सम्पूर्ण नेपाली समुदायलाई हार्दिक आमन्त्रण गरेको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय