टोकियो, जापान, २०८२ साउन १५ (जुलाई ३०, २०२५) – रुसको कामचत्का प्रायद्वीपको पूर्वमा शक्तिशाली भूकम्प गएपछि जापानको प्रशान्त तटमा ३ मिटरसम्मको सुनामी आउन सक्ने भन्दै चेतावनी जारी गरिएको छ।
होक्काइडोदेखि वाकायामासम्मका प्रशान्त तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन भनिएको छ।
जापानी मौसम विज्ञान एजेन्सीका अनुसार, कामचत्का प्रायद्वीप नजिकैको समुन्द्रमा गएको भूकम्पको तीव्रता उच्च रहेको छ।
भूकम्पको तत्काल कुनै क्षतिको खबर नआए पनि सुनामीको खतरालाई मध्यनजर गर्दै तटीय क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।
सरकारले माछा मार्ने डुङ्गाहरू र तटीय क्षेत्रका गतिविधिहरू रोक्न निर्देशन दिएको छ। अधिकारीहरूले सुनामीका लहरहरू अझै बढ्न सक्ने सम्भावना रहेको भन्दै सतर्क रहन अपिल गरेका छन्।
source -NHK





