ओबोन (Obon) एक जापानी बौद्ध परम्परा हो, जुन आफ्ना दिवंगत पुर्खाहरूको आत्मालाई सम्मान गर्न मनाइन्छ। यसलाई एक प्रकारको ग्रीष्मकालीन पारिवारिक पर्व मान्न सकिन्छ।

यस पर्वको समयमा, जापानमा मानिसहरू आफ्नो पुर्ख्यौली घर वा गाउँ फर्किन्छन्। त्यहाँ उनीहरू आफ्ना पुर्खाहरूको चिहान सफा गर्छन्, प्रसाद चढाउँछन् र पुर्खाका आत्माहरूलाई मार्गदर्शन गर्न लालटिन बाल्छन् भन्ने विश्वास छ।

ओबोनको समयमा “बोन ओदोरी” (Bon Odori) भनिने परम्परागत नृत्य पनि गरिन्छ। यो जापानी संस्कृति र परम्पराको एक महत्वपूर्ण हिस्सा हो।

सन् २०२५ को ओबोन बिदा प्रायजसो अगस्ट १३ (बुधवार) देखि अगस्ट १६ (शनिवार) सम्म हुन्छ। शनिबार र आइतबार मिलाउँदा यो पाँच दिनको लामो बिदा हुन्छ।

क्षेत्रअनुसार ओबोन बिदा फरक हुनसक्छ ।टोकियो जस्ता केही क्षेत्रमा ‘सिनबोन’ भनेर जुलाई १३ (आइतबार) देखि जुलाई १६ (बुधवार) सम्म ओबोन मनाइन्छ।

ओकिनावामा भने पुरानो पात्रोअनुसार सेप्टेम्बर ४ (बिहीवार) देखि सेप्टेम्बर ६ (शनिवार) सम्म ओबोन मनाइन्छ।

तपाईंको कम्पनीको बिदाको नियम फरक पनि हुन सक्छ

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय