नेपाल आदिवासी जनजाति महासंघ, कन्साई, जापानको प्रथम अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ।

सन् २०२५ अगस्ट १७ तारिख आइतबारका दिन ओसाकामा सम्पन्न अधिवेशनले सर्वसम्मत रूपमा डेनिश पुनको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ।

नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षहरूमा राज लामा थिङ, अमृता चौधरी र सुरज मर्हजन चयन भएका छन्। त्यसैगरी, सचिवमा पृथ्वी श्रीस मगर, सह-सचिवमा सम्झना घिसिङ र युना गुरूङ, कोषाध्यक्षमा संगिना गुरूङ र सह-कोषाध्यक्षमा गिरीराज चौधरी रहेका छन्।

यसका साथै, समितिको सदस्यहरूमा सुनिल चौधरी, विनिता गुरूङ, राजिव स्याङताङ, डोमा शेर्पा, जगत मोक्तान, सुनिल छन्तायाल, दिनेश चौधरी, प्रकाश थापा मगर, गणेश सिङजाली मगर, जीवन धर्ती मगर, नविन थापा मगर, बिनोद थिङ तामाङ, अपिल तामाङ, अस्मिता तामाङ र सोमलाल स्याङताङ रहेका छन्। नवनिर्वाचित कार्यसमितिलाई सम्पूर्ण सहभागीहरूले हार्दिक बधाई तथा सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेका छन्।

अधिवेशनले जापानमा बसोबास गर्ने नेपाली आदिवासी जनजाति समुदायबीचको एकतालाई थप मजबुत बनाउनुको साथै जापानमा नेपाली कला, संस्कृति र पहिचानलाई स्थापित गर्न तथा आपसी सहयोग र सद्भाव बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

अधिवेशनमा जापानमा रहेका नेपाली आदिवासी जनजाति समुदायका प्रतिनिधि तथा शुभचिन्तकहरूको बाक्लो उपस्थिति रहेको थियो।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय