अमेरिका र इजरेलको संयुक्त आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई मारिएपछि मध्यपूर्वभरि नै द्वन्द्व फैलिएको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानीहरूले सरकार ढाल्ने समय आएको बताएका छन्।

इरानले पनि क्षेप्यास्त्र र ड्रोन आक्रमणमार्फत् प्रतिक्रिया जनाएको छ। उसको निसानामा इजरेल, बाहरेन, कुवेत, कतार, यूएई, जोर्डन, साउदी अरब, साइप्रस र स्ट्रेट अफ हर्मुजबाट पार हुने पानीजहाजहरू छन्।इरानको समर्थनमा लेबननमा सक्रिय शीआ मुस्लिम समूह पनि यो युद्धमा सामेल भएर लेबननबाट इजरेलतर्फ रकेटहरू प्रहार गरिरहेको छ।

जबाफमा इजरेलले पनि लेबननमा रहेका हिज्बुल्लाहका अखडाहरूमा आक्रमण गरेको छ।यसमा हामीले यो युद्ध कसरी सुरु भयो, त्यसबाट मध्यपूर्व कसरी प्रभावित बन्यो अनि द्वन्द्व कति समयसम्म लम्बिन सक्छ भनेर चर्चा गरेका छौँ।

शनिवार अमेरिकी राष्ट्रपति ट्रम्पले इरानमाथिको आक्रमण “आवश्यक भए साताभरि नै निरन्तर रहने र नरोकिने” बताएका थिए। तर त्यसयता भने उनले यसभन्दा लामो समयसम्म पनि जान सक्ने बताएका छन्।

आइतवार ट्रम्पले ‘न्यूयोर्क टाइम्स’सँग कुरा गर्दै अमेरिका र इजरेलले एउटै स्तरमा चारदेखि पाँच सातासम्म आक्रमण जारी राख्ने बताएका थिए।

सोमवार ह्वाइट हाउसमा बोल्दै उनले भने, “हामीले सुरुबाटै चार सातासम्म जाने भनेका थियौँ, तर हामीसँग त्योभन्दा लामो समयसम्म पनि लैजाने क्षमता छ।”उनका अनुसार अमेरिका आफ्नो समय आकलनभन्दा “उल्लेख्य अगाडि” छ।

पछि उनले अमेरिकासँग मध्यम र उच्चमध्यम किसिमका असीमित गोलाबारी रहेको बताएका थिए।
@bbcnepali

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय