टोकियो, जापान। श्रम संस्कृति महाअभियान जापानको पहिलो ऐतिहासिक अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ।

हिजो मे ३१ तारिखका दिन आयोजित उक्त अधिवेशनले संस्थाको सांगठनिक सुदृढीकरण र आगामी कार्यकालका लागि सुदन लामा (सुपत) को अध्यक्षतामा ३९ सदस्यीय नयाँ मूल कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा भिषण राई चयन हुनुभएको छ भने उपाध्यक्षहरूको जिम्मेवारी बसन्त पुमा राई, नवीन भट्टराई ‘निराकार’, हिराधन राई र दीप लिम्बुले पाउनुभएको छ। त्यसैगरी, संस्थाको प्रशासनिक तथा सांगठनिक मेरुदण्डका रूपमा रहने महासचिव पदमा निशान राई निर्वाचित हुनुभएको छ भने सह-महासचिवद्वयमा बिप्लप सिङ्तान र राजकुमार तामाङ तथा सचिवमा मुक्तमान गुरुङ चयन हुनुभएको छ।

संस्थाको आर्थिक पारदर्शिता र व्यवस्थापनका लागि कोषाध्यक्षमा सगुन चाम्लिङ राई र सह-कोषाध्यक्षमा सविक राईलाई जिम्मेवारी सुम्पिएको छ। महाअभियानको नीति, योजना र गतिविधिहरूलाई आमसमुदायमाझ पुर्‍याउन प्रवक्तामा विशाल राई र सह-प्रवक्तामा पारुशिन राई सर्वसम्मत चयन हुनुभएको छ।

संस्थालाई सही मार्गनिर्देशन र वैचारिक जग प्रदान गर्नका लागि एक शक्तिशाली सल्लाहकार समितिको पनि गठन गरिएको छ। जसको सल्लाहकारहरूमा विश्वास लिम्बु, विमान किराती, देवीबहादुर इन्नाम लिम्बु, राजकुमार राई, आर.बी. मगर, हर्क राज गुरुङ, भीम गुरुङ र टम गुरुङ रहनुभएको छ। यसैगरी कार्यसमितिको केन्द्रीय सदस्यहरूमा नरेश लामा, जयन राई, दोर्जे शेर्पा, दीपक के.सी., अमृत पौडेल, कबिर लामा, कुसुम थापा मगर, सञ्जय घर्ती मगर, रविन गुरुङ, उमा राई, राजबहादुर गुरुङ, गोपाल थापा मगर, पूर्णकुमार आङदेम्बे, विशाल कुलुङ राई, रविन नेवाहाङ राई र जयराम तामाङ चयन हुनुभएको छ।

अधिवेशन सम्पन्न भएपश्चात् संस्थाको आगामी रणनीतिक योजनाबारे जानकारी दिँदै नवनिर्वाचित प्रवक्ता विशाल राईले कार्यसमितिलाई अझ बढी समावेशी, सन्तुलित र प्रभावकारी बनाउनका लागि छिट्टै नै यसलाई ५१ सदस्यीय कार्यसमितिमा विस्तार गरिने बताउनुभयो। यसका साथै संस्थाका अग्रज र बौद्धिक व्यक्तित्वहरूलाई समेट्दै सल्लाहकार समितिलाई पनि छिट्टै परिमार्जन गरी १३ सदस्यीय बनाइने जानकारी प्रवक्ता राईले दिनुभयो।

जापानमा रहेका नेपाली श्रमजीवी वर्गको हकहित, नेपाली संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ गठित यस महाअभियानको नयाँ नेतृत्वले आगामी दिनमा प्रवासमा रहेका नेपालीहरूलाई गोलबद्ध गर्दै विभिन्न रचनात्मक र सामाजिक कार्यहरू अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय