२९ भाद्र, सोलुखुम्बु – सरकारले शुरु गरेको सामाजिक स्वास्थ्य सुरक्षा, स्वास्थ्य बिमा कार्यक्रमलाई सोलुखुम्बुमा प्रभाबकारी रुपमा अघि बढाएर नागरिकलाई फाइदा पु¥याउन सोलुखुम्बुका सरोकारवालाहरु सहमत भएका छन् । बिहिबार सामाजिक सवस्थ्य सुरक्षा विकास समिति, सोलुखुम्बुको आयोजनामा फाप्लुमा भएको कार्यक्रमका सहभागीहरुले कार्यक्रममा सहभागी भई स्वास्थ्य सेवाका लागि गरिबीमा रहेका नागरिकसम्म कार्यक्रम पु¥याउनु पर्ने र जनचेतना अभिवृद्धि गर्नु पर्नेमा जोड दिए ।
पाँच जनासम्मको एक परिवारले बार्षिक २५ सय रुपैयाँ तिरेर स्वास्थ्य बिमा कार्यक्रममा सहभागी हुँदा ५० हजार रुपैयाँसम्मको उपचार प्राप्त हुने र पाँच भन्दा बढी संख्याको परिवार भए प्रति सदस्य थप ४२५ रुपैयाँका दरले रकम तिरेर सहभागी हुन सकिने व्यवस्था गरिएको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी निर्देशक डा. गुणराज लोहनीले जानकारी दिए । उनले आर्थिक बर्ष २०७०÷७१ मा कैलाली, बाग्लुङ र इलामवाट यो कार्यक्रम शुरु गरिएको बताए ।
नेपाली जनताको समग्र स्वास्थ्य स्थितिमा सुधार गर्ने दिर्घकालिन लक्ष्य लिएको यो बिमा कार्यक्रममा सहभागीहरुले विभिन्न २८ प्रकारका मुख्य सेवाहरु प्राप्त गर्नेछन् ।
कार्यक्रममा स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक एवं सोलु अस्पताल विकास समितिका अध्यक्ष डा. मिङमार ग्याल्जेन शेर्पाले स्वास्थ्य बिमा सबैका लागि आवश्यक रहेको र सोलुखुम्बुका गाउँ तथा नगरपालिका प्रमुखहरु यसका बारे सकारात्मक हुनु राम्रो कुरा भएको बताए । उनले कार्यक्रमका बारे प्रचार प्रसारको खाँचो औल्याए

सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी टुक्ती शेर्पाले विकसित देशहरुले विभिन्न प्रकारले गरिरहेको स्वास्थ्य बिमा नेपालमा र अझ सोलुखुम्बु जस्तो जिल्लामा शुरु हुनु खुशीको कुरा भएको बताए ।
कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाका उपप्रमुख कल्पना राईले गरिबीको स्तरीकरण छिटो हुन सके कार्यक्रमवाट धेरैले फाइदा पाउन सक्ने भन्दै नगरपालिकाको तर्फवाट सहयोग गर्ने प्रतिबद्धता जनाइन् । उनले स्वास्थ्य बिमा कार्यक्रमलाई दिगो रुपमा सञ्चालन गर्न चुनौतिपूर्ण रहेपनि स्वास्थ्यको संवेदशिलतालाई सबैले बुझेर काम गर्ने विश्वास व्यक्त गरिन् ।
सोलुखुम्बुका एक अस्पताल र दुई प्राथमिक स्वास्थ्य केन्द्रमार्फत् स्वास्थ्य बिमा कार्यक्रमको सुबिधा प्राप्त हुने कार्यक्रममा जानकारी गराइयो । स्वास्थ्य बिमा कार्यक्रममा सहभागी हुँदा आफूलाई पायक पर्ने प्राथमिक स्वास्थ्य केन्द्र वा अस्पताल उल्लेख गर्नु पर्ने र र उपचार पनि सोही स्थानमा गर्नु पर्ने व्यवस्था रहेको छ । ति निकायले उपचार गर्न नसकेमा मात्र अन्यत्र जान पाइनेछ ।
तीन जिल्लावाट शुरु गरिएको स्वास्थ्य बिमा कार्यक्रम २२ जिल्लामा बिस्तार गरी २५ जिल्लामा पु¥याइएको छ । आगामी तीन बर्ष भित्रमा ७५ वटै जिल्लामा यो कार्यक्रम पु¥याउने सरकारी लक्ष्य छ ।
Source:himali sandesh





