सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नं ३ लोदिङ हाल काठमान्डौमा बसोबास गर्ने शेर्पा समुदायको एक भेलाले ‘लेदिङमा शेर्पा किदुक’को तदर्थ समिति गठन गरेको छ।

काठमाडौँको बौद्धस्थित उत्पला क्याफेमा आइतबार सम्पन्न भेलाले गाउँको विकास, शेर्पा संस्कृति तथा परम्पराको संरक्षण र आपत्-विपत्‌मा एकअर्कालाई सहयोग गर्ने उद्देश्यले सो समिति गठन गरेको हो। भेलाले संस्थालाई वैधानिक रूप दिन चाँडै नै विधान तयार पारेर दर्ता प्रक्रिया अगाडि बढाउने निर्णयसमेत गरेको छ।

कामी छिरिङ शेर्पाको अध्यक्षतामा गठित उक्त तदर्थ समितिको उपाध्यक्षमा छिरिङ टेन्डी शेर्पा, सचिवमा डोल्मा छिरिङ शेर्पा र कोषाध्यक्षमा छोटी शेर्पा चयन हुनुभएको छ। त्यसैगरी समितिको सदस्यहरूमा फुर्वा शेर्पा (दोजुम), कुसाङ हिसी शेर्पा र तेन्जिङ शेर्पा (दोजुम) रहनुभएको छ।

संस्थालाई सही दिशा निर्देश गर्नका लागि एक सल्लाहकार समितिको पनि चयन गरिएको छ। सल्लाहकार समितिमा आङ दोर्जी शेर्पा, ग्युर्मी शेर्पा, काजी शेर्पा, रिन्जी शेर्पा र आङ गेलु शेर्पा रहनुभएको छ। नयाँ नेतृत्वले सबै ग्रामवासीहरूलाई हातेमालो गर्दै अघि बढ्न र आफ्नो मौलिक संस्कृतिको रक्षा गर्न प्रतिबद्धता जनाएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय