काठमाडौँ, पौष २७ । पहिलो शेर्पा महिला पत्रकार सगरमाथा आरोहण अभियान २०१८ को तयारीमा रहेकी पत्रकार डोमा शेर्पालाई अभियान सफल पार्न सहयोग प्राप्त भएको छ ।
अभियान सफल पार्न जापान शेर्पा संघका पुर्व अध्यक्ष ङवाङ शेरे शेर्पा, अध्यक्ष लाक्पा गेलु शेर्पा, उपाध्यक्ष, केबी शेर्पा, आरोही जापान शेर्पा संघका सदस्य कर्मा जि शेर्पा, एन आर एन जापान सेन्दाइका सहसचिव छिरीङ शेर्पाले सहयोग गरेका छन । उनीहरुले एक लाख, नब्बे हजार सहयोग गरेका छन ।


महिला शसक्तिकरण, पत्रकारीता क्षेत्रमा महिलाहरुलाई अग्रसर गराउने, नेपालको पर्यटन क्षेत्रलाई संचार माध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रियसम्म पु¥याउने उद्देश्यका साथ शेर्पा सगरमाथा आरोहणको तयारीमा छिन ।
शेर्पाले गत मसिंर २५ गते सगरमाथा आरोहण अभियानका लागि आइसल्याण्ड पिक (६१९८ मि) सफलताका साथ आरोहण गरेकी थिइन ।

0Shares

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय